धनकुटा जिल्ला खेलकुद विकास समितिद्वारा ६ जना खेलाडीहरु सहित सबै मृतकको सम्मानमा दीप प्रज्वलन(फोटो फिचर)

धनकुटा, १५ असोज । धनकुटा जिल्ला खेलकुद विकास समितिले हालै
देशमा भएको अविरल वर्षाका कारण ज्यान गुमाउने ६ जना
खेलाडीहरु सहित सबै मृतकको सम्मानमा दीप प्रज्वलन गरेको छ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण मकवानपुर
एनफा एकेडेमीमा अध्ययनरत ६ जना खेलाडि सहित करिब २ सय
जनाले ज्यान गुमाएको र दर्जनौ बेपता भएका छन। जिल्ला खेलकुद
विकास समितिले सोमबार साँझ मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली
अर्पण तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेको हो। समितिले
कार्यालय परिषर धनकुटाको तल्ला टुँडिखेलमा दीप प्रज्वलन गरेका
हुन्।

कार्यक्रम मकवानपुरको सिस्नेरीमा भएको बाढीमा परी दिवंगत हुनु
भएका व्यक्तिहरुको सम्झनामा गरिएको छ। कार्यक्रममा जिल्ला
खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले देशमा आइपर्ने समस्या
समाधानमा सरकार चुकेको भन्दै सबैको हातेमालोमा विपदको सामना
गर्नुपर्ने बताउनु भयो। उहाँले आगामी दिनमा यस्ता विपदमा
धनजनको क्षति हुन नदिन सबैको साथ सहयोग आवश्यक पर्ने भएकाले
खेलकुद विकास समिति सकेको सहयोग गर्न तयार रहेको बताउनु भयो।

कार्यक्रममा विभिन्न बिधाका खेलाडि तथा पूर्व खेलाडि र प्रशिक्षकको
सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।