सहिदभूमिमा अविरल वर्षाका कारण अवरुद्ध सडक मर्मत तथा सरसफाइ सुरु
धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले अविरल वर्षाका कारण अवरुद्ध सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ । आउदै गरेको दशै तिहार र छठ,वाढाङमीलाई मध्येनजर गर्दै विशेषगरी पालिकाले पालिका जोड्ने मुल सडक तथा ग्रामीण कृषि सडक मर्मत तथा सरसफाइ सुरु गरेको हो ।
गाउँपालिकाले असोज ११ र १२ गते परेको अविरल वर्षका कारण प्रभावित सडक र वर्ष याममा सडकमा खसेको पहिरो,ढुंगा माटो पन्छाउन सुरु गरेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले जानकारी दिनु भयो । साथै उहाले माैसमले साथदिए ३,४ दिन भित्र पालिका भित्रको ७ ओटा वडाको प्रभावित सम्पूर्ण सडक सरसफाइ तथा मर्मत गरिसकिने बताउनुभयो ।
चाडवाडकाे समयमा पालिकाबासीले आफ्नो घरसम्म सहजरूपमा खाद्यान्न ढुवानी गर्न सकुन् घर सम्म सहज यातायातका साधन मार्फत आवात-जावतको व्यवस्थाका लागि सडक सरसफाइ कार्यभईरहेकाे पालिका अध्यक्ष मनोज राईले बताउनुभयो ।
सडक सरसफाइ कार्यमा गाउँपालिका अध्यक्ष , प्रमुख प्रसाकिय अधिकृत , वडाअध्यक्ष , प्राविधिक कर्मचारीको टाेलिले स्थलगत अनुगमन गरी सरसफाइ तथा मर्मत गरिरहेका छन् ।




