धनकुटाको हिलेमा रहेको थुप्तेन देक्षेन छ्याेलिङ गुम्बामा न्युङ्ने अर्थात मौन व्रत हुने
धनकुटा । धनकुटाको हिले बजार स्थित रहेको थुप्तेन देक्षेन छ्याेलिङ गुम्बा हिलेमा न्युङ्ने अर्थात मौन व्रत हुने भएको छ ।
बाैद्वधर्मावलम्बीले दशैको फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात मौन व्रत बस्ने परम्परा रहेको छ ।उनिहरु दशैमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बस्ने गरेको छ ।
जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बाैद्व धर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ ।न्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने किसिमको ध्यान अर्थात उपसना हाे । बाैद्व धर्मावलम्बीहरु विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् । दशैमा बस्ने न्युङ्ने व्रत भने छुट्टै महत्त्व रहेको थुप्तेन देक्षेन छ्याेलिङ गुम्बाका प्रमुख लामा गुरु फुर्वा छिरिङले बताउनुभयो ।
आगामी असोज २४ गते देखि २६ गते सम्म खेन्पो छ्योइ फेलसाङको उपस्थितिमा ३ दिने न्युङ्ने व्रत कार्यक्रम हुनलागेको लामा गुरु फुर्वा छिरिङले जानकारी दिनुभयो । यस अघि हिलेमा रहेको गुम्बामा न्युङ्ने व्रत कार्यक्रम नहुदा अन्य जिल्लाको गुम्बामा गएर यहाँका बाैद्वधर्मलम्बी न्युङ्ने बस्ने गरेको गुम्बा व्यवस्थापन समितिका सचिव मानवी माेक्तानले बताउनुभयो साथै धर्मको माध्यमबाट समाजमा हुने विकृति र विसंगति हटाई समुन्नत समाज निर्माण गर्नका लागि बुद्ध भगवानको उपदेशलाई व्यापक रूपले जागरण गराए, ती उपदेशलाई अनुसरण गर्दै व्यक्तिको भावी दिनमा सोचमा परिवर्तन गराएर नकारात्मक क्रियाकलाप अन्त गर्न असल समाज निर्माणमा योगदान पुग्ने सचिव मानवीले बताईन ।
ङ्यूङ्ने व्रतले एक आपसमा सद्भाभाव बढाई सामाजिक सेवामा योगदान पुर्याउनुका साथै एक अर्कामा समन्वय बढाउने कार्यमा मद्दत पुर्याउने बताईन । पहिला पहिला गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने बस्ने गरेको थियोे भने पछिल्लो समय बाैद्व धर्मप्रति आस्थावान सम्पूर्ण गुम्बामा लामाहरु संग उपासक उपासिकाहरु न्युङ्ने बस्न थालेका छन् ।


