पाख्रिबासमा पहिरोमा परि ज्यान गुमाएका पीडित परिवारलाई निर्माण व्यावसायी संघ धनकुटाको आर्थिक सहयोग
धनकुटा । निर्माण व्यावसायी संघ धनकुटाले पहिरोपरि ज्यान गुमाएका पाख्रिवास नगरपालिका ५ का पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।
असोज १२ गते पहिरोमा परि ज्यान गुमाएका परिवारलाई सहयोग स्वरुप निर्माण व्यावसायी संघको तर्फबाट २० हजार सहयोग गरिएको निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष प्रकास थुुलुङ्ग राईले जानकारी दिनु भयो ।
पीड्त परिवारलाई थोरै भए पनि विपद्को वेला सहयोग गरेको राइको भनाई थियो । पहिरो पुरिएर स्थानिय पाख्रिवास नगरपालिका ५ का स्थानिय सन्तोष तामाङ्गकी श्रीमति र सासुको मृत्यु भएको थियो ।


