सहिदभूमिमा पिकअप दुर्घटना,एकको मृत्यु
नरेन्द्र कश्चित,धनकुटा । धनकुटाको हिले खोकु सडक खण्डमा पर्ने सहिदभूमि गाउँपालिका वडा नं-४,नासपति चौकमा दुर्घटना परि १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुमेमा २३ वर्षिया लुरे वि.क.भनिने टाइजन विक रहेको प्रहरीले जनाएको छ ।
हिजो रातको ९:३० बजेतिर थलथलेबाट खोकु तर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले किचेर दुर्घटनामा परि वि.क. को मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्ताङ्गका इन्सपेक्टर विष्णु बहादुर खड्काले बताउनु भयो ।
दुर्घटना गराउने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्ताङ्गका इन्सपेक्टर खड्काले बताउनु भयो ।साथै लासको चेकजाँचको लागि सर्जमिन मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला झिकाउन तयारी हुँदै गरेको सहिदभूमि-४ का वडा अध्यक्ष भिम बहादुर राईले बताउनु भयो ।


