धनकुटाको लेगुवामा इभी हायस दुर्घटना, सात जना घाइते
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको वडा नं ५ मा सवारी दुर्घटना भएको छ ।
काठमाडौँबाट संखुवासभाको खांदबारी तर्फ जांदै गरेको प्रदेश ०१-००६-ख ६४२८ को इभी हायस लेगुवा बजार नजिकै करिब ११: ४५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् । घाइतेहरु मध्ये १ जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको
स्थानिय क्लिनिकमा उपचारपछि पठाइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गाडी चालक र गाडीलाई लेगुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।


