पाख्रिबासमा पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई नेपाल तामाङ घेदुङ पाख्रीबास नगर कार्य समिति धनकुटाद्वारा आर्थिक सहयोग प्रदान

धनकुटा । नेपाल तामाङ घेदुङ पाख्रीबास नगर कार्यसमिति धनकुटाले पहिरोमा परि ज्यान गुमाएका परिवारलाई रु १० हजार आर्थिक सहयोग गरेको छ ।

गत असोज ११ र १२ गते परेको अविरल पानीले पाख्रीबास नगरपालिका वडा नं ५ गुराँसेमा घरमाथिबाट पहिरो झर्दा एकै परिवारका दुईजना आमा छोरी लक्ष्मी तामाङ र आशा तामाङको मृत्यु भएको थियो ।

नेपाल तामाङ घेदुङको तर्फबाट राहत स्वरुप शनिबार रु १० हजार सहयोग गरेको नगर घेदुङले जनाएको छ । उक्त सहयोग हस्तान्तरण नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य विष्णु माेक्तान , घेदुङका जिल्ला सदस्य देवेन्द्र तामाङ , चन्द्रबहादुर तामाङ , नगर अध्यक्ष गजेन्द्र बम्जन,नगर उपाध्यक्ष मानवी माेक्तान , सचिव साेम तामाङ , पुर्व नगरघेदुङ अध्यक्ष जयन्द्र घिसिङ , तामाङ पत्रकार संघका जिल्ला काेषाध्यक्ष जानू तामाङ , नगर घेदुङ सदस्य एवम पुर्व वडा अध्यक्ष दल बहादुर तामाङको उपस्थितिमा मृतक परिवारका सदस्यलाई सहयोग हस्तान्तरण गरेको हो ।

सोही अवसरमा नगर घेदुङका उपाध्यक्ष मानवी तामाङ र काेषाध्यक्ष कल्पना तामाङले व्यक्तिगत दुई कार्टन फ्रुटि,४ केजी चिनी र ४ केजी आटा सहयोग गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।