धनकुटामा पनि “६९ औ प्रहरी दिवस” को अवसरमा बृक्षारोपण
धनकुटा , असोज २१ । “६९ औ प्रहरी दिवस” को अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा बृक्षारोपण गरिएको छ ।
जिप्रका धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको प्रमुख आतिथ्यतामा कार्यालय परिसरमा बिभिन्न प्रजातिका रुखका बिरुवाहरु रोपिएको छ ।
यसैगरि प्रहरी दिवसको अवसरमा जिल्ला अन्तर्गतका प्रहरी कार्यालयहरुको परिसरमा समेत बृक्षारोपण गरिएको छ ।


