धनकुटामा यसरी गरियो सडक दुर्घटना पश्चात गरिने खोज, उद्धार र प्राथमिक उपचार सम्बन्धी व्यवहारिक अभ्यास
धनकुटा । धनकुटामा सडक दुर्घटना पश्चात गरिने खोज, उद्धार र प्राथमिक उपचार सम्बन्धी व्यवहारिक अभ्यास सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा धनकुटा नगरपालिका वडा नं. ७ स्थित जिरोप्वाईन्टमा उक्त अभ्यास सम्पन्न गरिएको हो ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको प्रमुख आतिथ्यमा विपद्को समयमा खोज तथा उद्धार, लगायतका क्रियाकलापको व्यवहारिक अभ्यास (Simulation exercise) अन्तर्गत सडक दुर्घटना पश्चात गरिने खोज, उद्धार र प्राथमिक उपचार सम्बन्धी व्यवहारिक अभ्यास गरिएको थियो ।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी , नेपाली सेना, सशस्त्र प्रहरी वल , स्थानियको उपस्थिति रहेको थियो ।


