धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । धनकुटाका केही स्थानमा आज बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ के .भि.जितपुर फिडर अन्तर्गत पर्ने आहाले,देउराली,नेताचौक, अर्खौले,जितपुर बजार,आन्द्रुङ लगायत का क्षेत्रहरूमा लाइनको वरिपरि रहेका रुख,हागा, बाश तथा झाडी कटान (बुश कटिङ) गर्नुपर्ने भएकोले बिहान ९ बजे देखि साझ ५ बजे सम्म बिद्युत सेवा अबरुद्द हुने प्राधिकरणले जनाएको छ ।
उल्लेखित समय अगाबै काम सकिएमा उल्लेखित समय अगाडीनै लाइन सुचारु हुने समेत प्राधिकरणले सुचनामा उल्लेख गरेको छ ।


