भोलिबाट पाख्रिबासमा हुने ‘रमाइलो दशैं मेला २०८१ ’ को तयारी यसरी हुंदै(फोटो फिचर)
धनकुटा । दशैंको अवसर पारेर धनकुटाको पाख्रिबासमा दशैं मेला आयोजना हुने भएको छ ।
पाख्रिबास ४ स्थित जालपादेवी माबिको खेल मैदानमा हुने रमाइलो दशैं मेला २०८१ को लागि सम्पूर्ण तयारी भइरहेको आयोजक युथ युनाइटेड, पाख्रिबासका अध्यक्ष गणेश गुरुंगले बताउनु भयो ।
मेला असोज २५ गते देखि कार्तिक १० गते संचालन हुनेछ । भोलि उद्घाटनका दिन गायिका प्रीति आलेले प्रस्तुति दिनेछन् ।
मेलामा दैनिक चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।
मेलामा स्थानिय कला ,संस्कृतिका साथै यहाँको उत्पादन देखि विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम,रोटेपिंग लगायतका मनोरन्जनका लागि राखिने आयोजकले जनाएको छ ।
मेलामा स्थानीय मौलिक उत्पादनलाई प्राथमिकतामा राख्दै विभिन्न स्टलहरु पनि राखिने आयोजकको भनाई छ ।












