धनकुटामा यसरी गरियो फूलपाती बढाईं
धनकुटा । बिजय दशमीको सातौं अर्थात सप्तमी तिथी आज देशभर फूलपाती बढाई गरि मनाइंदैछ ।
सोही क्रममा धनकुटामा पनि आज फूलपाती बढाई गरिएको छ । स्थानिय निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर बजार परिक्रमा गराइएपछि टुंडिखेलमा विशेष पूजा गरी फूलपाती बढाई गरिएको हो ।
करिब एक शताब्दी अघिदेखि यसरी नै धनकुटामा फूलपाती बढाई गरिंदै आएको छ ।
झांकी सहित निशानदेवीमा असोक, केरा जयन्ती, हलेदो वेलपत्र, धान, सामा, दारीम र माने लगायतका विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलीमा राखेर पूजा गर्ने चलन रहेको छ ।


