धनकुटामा सहिद रिदामा र राम्लिहाङलाई सम्झे अभियन्ताहरूले

धनकुटा । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई साँस्कृतिक अभियन्ताहरूले यस वर्ष पनि स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १५७ औँ स्मृति दिवसको सन्दर्भमा नेपालका अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् ।

धनकुटाको चाम्जिबुङका आठपहरीयाद्वय सहिद भएको १५७ र्औँ स्मृति दिवसको अवसर पारेर शनिबार साँस्कृतिक अभियन्ताहरूले धनकुटामा रहेको चुलिवनमा सहिदहरूकाे प्रतिमामा माल्यार्पण कार्यक्रम समेत गरिएकाे आदिवासी अधिकारकर्मी एवम् पत्रकार निमा पाेङ्सुवाले बताए । उनले शनिबार बिहानै साँस्कृतिक अभियन्ताहरूकाे विशेष सक्रियतामा सहिदहरूकाे स्मरण र प्रतिमामा माल्यार्पण गरिएकाे जनाए । नेपालमा पनि विगत पाँच वर्षदेखि सहिद रिदामा र राम्लिहाङकाे स्मरण गरिँदै आइएकाे छ । याे वर्ष पहिचानवादी संघसंस्थाहरूकाे सहभागितामा स्मृति सभा भएको थियोे । सभामा मङ्गाेल नेशनल अर्गनाइजेसनका नेताहरूले समेत सहभागी भएर सम्बाेधन गरेका थिए ।

कार्यक्रमका परिकल्पनाकारमध्येका एक अभियन्ता लेखक अमित थेवेले धनकुटाकाे कार्यक्रममा पनि चार दर्जन बढी सहभागी भएको बताए । सहिदहरूको बलिदानलाई शक्तिमा रुपान्तरण गर्न साङ्केतिक रूपमा कार्यक्रम आयोजना गरिएकाे थेवेले बताए ।

यसगरी शुक्रबार बेलायतमा स्मृति सभा राखिएको किरात याक्थुङ चुम्लङ यूकेका महासचिव विश्वासदीप तिगेलाले बताए । ‘हिन्दू शाषकहरूले तत्कालीन समयमा पूर्वी लिम्बुवान क्षेत्रका रिदामा र राम्लिहाङलाई दसैँ नमानेको निहुँमा निर्ममतापूर्वक हत्या गरेका थिए,’ उनले भने, ‘गैरहिन्दू आदिवासी मूलवासीमाथि थोपरिएको साँस्कृतिक अत्याचारलाई प्रतिरोध गर्दा उनीहरूको हत्या भयो । यसकारण उनीहरूको बलिदान सम्झन एक ठाउँ आएका हौँ ।’ साहित्यकार एवम् राजनीतिज्ञ समेत रहेका तिगेलाले नेपाल बहुजातीय, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भए पनि एकल साँस्कृतिक नीतिका कारण अझै पनि अल्पसंख्यकहरू अन्यायमा परेको बताए ।

यूकेमा सन् २०१९ देखि अभियन्ताहरू विश्वासदीप तिगेला, गायक ब्रबिम शेर्मा, किरात धर्म तथा साहित्य उत्थान संघ यूकेका उपाध्यक्ष राजेन्द्र खिम्दिङ, युमा साम्यो अभियन्ता अमित थेवे, व्यवसायी जितेन्द्र चेम्जोङ, चाम्लिङ खाम्बातिम यूकेका पूर्व अध्यक्ष पदम राई, लिम्बुवान राजनीतिकर्मी नवराज काम्वाङ लगायतले साँस्कृतिक सहिद स्मृति सभा राख्न सुरु गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।