पाख्रिबासमा बढ्यो चिसो
धनकुटा । मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेसँगै मुलुकभर चिसो बढे संगै धनकुटाको पाख्रिबासमा पनि चिसो बढेको छ ।
पाख्रिबासमा दिउंसो मौसम खुल्दा केही न्यानो भएपनि साँझ र बिहान निकै चिसो महसुस हुन थालेको छ ।
पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको कारण पनि चिसो बढेको हो ।
मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो ।


