पाख्रिबासमा चहलपहल बढ्यो
धनकुटा । धनकुटाको पाख्रिबासमा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल पुनः बढ्न थालेको छ ।
पाख्रिबासमा देशका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने र आउने सर्वसाधारणको चलहपहल देखिएको छ ।
दशैंमा सुनसान देखिएको सडकहरूमा अहिले सवारी साधनको सङ्ख्या बाक्लिन थालेको छ ।
दशैंमा अन्य स्थानबाट टिका लगाउन आएकाहरु फर्किने क्रम बढेकोले पनि सडकमा सवारी साधन बढ्नुका साथै मानिसको आवतजावत बढ्न थालेको हो ।


