देश कसको हो ?(कविता)

कविता

देश कसको हो ?

-दिलकुमार घमाल

देश भनेको चारै दिशा
सिमानाले घेरेको भूगोल मात्रै होइन
देश भनेको जनता हो
भाषा, कला र संस्कृति पनि हो ।

देश मजदुर र किसानको हुनुपर्ने हो
व्यापारी र उद्योगीको हुनुपर्ने हो
अभावको भारि बोकेर
मरुभूमि जान विमानस्थलको
प्रतीक्षालयमा टोलाइरहेका युवाहरूको हुनुपर्ने हो
देश भनेको बाकसमा कैद भएर आएको
छोराको शव बुझेर घर फर्किँदै गरेका
बुवाहरूको हुनुपर्ने हो
जनआन्दोलनका घाइतेहरूको हुनुपर्ने हो
शहीदका सन्नतिहरूको हुनुपर्ने हो
देश भनेको सारा जनताको हुनुपर्ने हो
तर देश नेताहरूको भइरहेछ ।

देशलाई सत्ताको डुङ्गामा राखेर
स्वार्थको बाढीले भरिएको नदीमा
वारपार गराइरहेछन् नेताहरू ।

सत्ताको डुङ्गामा धर्मराउँदै
हल्लिरहेको देश डुब्ने चिन्तामा छन्
सारा जनताहरू
नेताहरू भने हरक्षण
सिंहदरबार र शीतलनिवास पुग्ने
सपना देखिरहेछन् ।

यतिबेला सोचिरहेछु–
देश डुब्ने चिन्तामा
छटपटाइरहेका जनताको हो कि
सत्ताको सपना देखिरहेका नेताहरूको हो
आखिर देश कसको हो ?

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।