धनकुटाको साँगुरीगढीमा सम्पन्न होली विशेष प्रथम चाँदीबजार साँगीतिक महोत्सवको आय व्यय सार्वजनिक

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी-९ स्थित गत चैत्र ११ र १२ गते सम्पन्न भएको होली विषेश प्रथम चाँदीबजार साँगीतिक महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ ।

सामाजिक सञ्जालमा चर्को आलोचना गरिएपछि आयोजकले ६ महिनापछि हिसाब सार्वजनिक गरेको हो । आयोजक समिति भित्रैबाट हिसाब सार्वजनिक नगरेको आलोचना भएपछि आय ब्यय सार्वजनिक गरिएको हो । आयोजकका अध्यक्ष सन्तोष राईले सार्वजनिक गरिएको आय व्ययमा १० लाख ७ हजार ५४० भएको जनाएको छ ।

त्यसैगरी व्ययतर्फ कार्यक्रम सञ्चालन तथा व्यावस्थापनतर्फ ६ लाख ५५ हजार ८१ रुपैया देखाएको छ । भौतिक पुर्वाधार निर्माणतर्फ ८९ हजार ३४० खर्च विवरण देखाएको छ । विविध खर्च भन्दै ९२ हजार ३५५ रुपैया देखाएको छ । कुल खर्च ८ लाख ३६ हजार ७७६ भएको जनाएको छ ।

प्रथम चाँदी बजार साँगीतिक महोत्सवमा चर्चित हाँस्य कलाकार उमेश राई(फुलन्देको आमा), चर्चित गायिका सुनिता थेगिम, चर्चित संगीतकार तथा गायक कृष्णभक्त राई, गायिका जुनी खालिङ राई र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।