मुलघाटमा जलाइयो ४ सय केजी गाँजा
नारायण कुमार राई/धनकुटा,३ कार्तिक । जिल्ला प्रहरी कार्यालय धनकुटाले आज बिभिन्न समयमा पक्राउ गरेको चार सय २० के.जी. अबैध गाँजा जलाएर नष्ट गरेको छ ।
जिल्लाको बिभिन्न स्थानबाट बिभिन्न समयमा अबैध ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरेको गाँजा मुलघाट स्थित तमोर नदी किनारमा नष्ट गरेको हो ।
कार्यालयका ईन्पेक्टर सुमन खड्काको नेतृत्वमा गएको प्रहरी र मुलघाट स्थित प्रहरी चौकीको टोलीले गाँजा नष्ट गरेको हो ।
यस अघि जिल्ला प्रहरी कार्यालय परिसरमा नै जलाएर नष्ट गर्दै आएको प्रहरीले जनगुनासो आएपछि पछिल्लो समय मानव बस्ति भन्दा टाढा लगेर गाँजा नष्ट गर्न शुरु गरेको हो ।


