“चौंथो पाख्रिबास कप फुटबल-२०८१” को तयारी यसरी हुंदै(फोटो फिचर)
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रीबासमा हुन लागेको “चौंथो पाख्रिबास कप फुटबल” सुरु हुन अब ३ दिन बांकी रहेको छ ।
प्रतियोगिता सुरु हुने दिन नजिकिए संगै तयारी तीब्र पारिएको आयोजक युथ युनाइटेडका अध्यक्ष गणेश गुरुंगले बताउनु भयो ।
प्रतियोगितामा भाग लिन आउने आगन्तुक खेलाडी,खेलप्रेमीहरुलाई सत्कारको ल्गि बजार बीचमै स्वागत द्वार निर्माण कार्य सम्पन्न भएको छ ।
त्यसैगरि खेल मैदानमा मंच निर्माण तथा मैदानको घांस काट्ने देखि लिएर सम्पूर्ण प्राविधिक कार्यहरु धमाधम भइरहेका छन् ।
प्रतियोगितामा जम्मा ८ टीमले सहभागिता जनाउदै छन् ।
आयोजकले सार्बजनिक गरेको खेल तालिका अनुसार कार्तिक ७ गते समुह क अन्तर्गत श्री जोरपाटी फुटबल क्लब धनकुटा र पथरी-११ मोरंगका बीच क समूह ख अन्तर्गतका आयोजक पाख्रिबास युथ युनाइटेड र प्रकाशपुर फुटबल क्लब सुनसरीका बीच खेल हुने भएको छ ।
त्यसैगरि कार्तिक ८ गते समूह क अन्तर्गतका अल स्टार क्लब धरान र ब्रदर युनाइटेड फुटबल क्लब सिक्किमका बीच र समूह ख अन्तर्गतका मुनल्याण्ड स्पोर्टिंग क्लब झापा र बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका बीच हुनेछ ।
कार्तिक ९ गते समूहगत चरणबाट छानिएर आउने ४ टीमको प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि प्रतियोगिताको अन्तिम खेल कार्तिक १० गते दिउंसो १ बजे हुने आयोजकले जनाएको छ ।
सबै खेलहरु श्री जालपादेबी माबि पाख्रिबासको खेल मैदानमा हुनेछन् ।
युथ युनाइटेडको आयोजना र पाख्रीबास नगरपालिकाको सह आयोजनामा हुने प्रतियोगिता आगामी कार्तिक ७ देखि १० गते सम्म संचालन हुने भएको हो ।
हेर्नुहोस् तस्बीरमा –













