ट्रायल पास गरेपछि अब लाइसेन्स कार्डको आवश्यकता नपर्ने
काठमाडौ । सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्डको आवश्यकता नपर्ने भएको छ।
सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स नागरिक एप मार्फत प्राप्त हुनेछ। सवारी नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीले जारी गर्ने जरिवाना डिजिटल पेमेन्टमार्फत सोही स्थानमा नै भुक्तानी गर्न सकिने छ।
यसले लाइसेन्स छपाइको समस्यालाई समाधान गर्नुका साथै जरिवाना तिर्ने प्रक्रियालाई सजिलो बनाएको छ।
बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट भोलिदेखि यो प्रणाली परीक्षणस्वरूप लागू गरिनेछ। साथै, नागरिक एपमा अन्य सुविधाहरू थप्ने तयारी पनि भइरहेको छ।


