साँगुरीगढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै पुगेर नागरिकता प्रदान

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-९ र १० नम्बर वडाका छ जना अपाङ्गता भएका व्यक्तिहरूलाई नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले शारीरिक रुपमा अशक्त व्यक्तिहरूलाई गाउँमै पुगेर नागरिकता प्रदान गरेको हो ।

नागरिकता पाउनेमा साँगुरीगढी-९ आहालेका ६२ वर्षीया धनमाया राई, ५२ वर्षीया सरीमाया राई, ५३ वर्षीया ईलास राई, ४७ वर्षीया पूर्णमाया सार्की, साँगुरीगढी-१० का ५३ वर्षीय राई बहादुर राई, ५२ वर्षीया लिलामाया राई छन् । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले चाँदी बजारस्थित ९ नम्बर वडा कार्यालय पुगेर नागरिकता प्रदान गरेको हो ।

नागरिकता प्रदान गर्न साँगुरीगढी गाउँपालिका र पर्डेप नेपालले सहजीकरण गरेको थियो । शारीरिक रुपमा अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन असहज हुने भएकाले गाउँमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

नागरिकता नहुँदा विभिन्न सेवा सुविधा पाउनबाट बञ्चित हुने भएकाले त्यसो हुन नदिन सहजिकरण गरिएको पौडेलको भनाई छ ।

नागरिकता पाएपछि अपाङ्गता भएका व्यक्तिहरू हर्षित भएका छन् । उनीहरूका अभिभावकहरूले पनि खुशी व्यक्त गरेका छन् । नागरिकता पाएपछि राज्यबाट पाउने सेवासुविधासहित स्वास्थ्य उपचारमा पनि सजिलो हुने भन्दै पूर्णमायाका बुवा कृतिमान सार्कीले खुशी व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।