धनकुटामा तनाव मुक्त तथा सकारात्मक जीवन शैली बिषयक साप्ताहिक राज योग प्रशिक्षण शुभारम्भ
धनकुटा,४ कार्तिक । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटाले तनाव मुक्त तथा सकारात्मक जीवन शैली बिषयक साप्ताहिक राज योग प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ ।
आज एक कार्यक्रमका बिच सात दिन सम्म संचालन हुने राजयोग प्रशिक्षण कार्यक्रमको उत्घाटन गरिएको हो ।कार्यक्रम सुरु हुनु भन्दा अगाडी गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटा संचालिका ब्रम्मकुमारी निर्मला दिदीले जीवनमा धन सम्पत्ती मान सम्मान जति कमाए पनि मनको शान्ति र खुशी भएन भने त्यो सबै अर्थहिन रहको बताउँदै मानवमन अपवित्र र अशान्तमय हुँदै गइरहेको कारण अन्तर्मनमा लागेका क्रोध, लोभ, मोह, अभिमानका दागहरु हटाउनु पर्ने बताउनु भयो ।
त्यस्तै प्रशिक्षक अर्जुन प्रसाद थपलियाले मानिसले आज जीवनमा सुख वा दुख जे कुरा भोगिरहेको छ, त्यो कही न कही आफ्नै सोचको उपज हो भन्ने कुरामा जोड दिदै वहाँले भूतकालका घटनाका स्मृती र भावीको चिन्ता गर्नाले आज समाजमा तनाव र दुख बढ्दै गएको बताउनुभयो ।
त्यसैले पहिला मानिसले आफुले आफु लाई पहिला चिन्नु पर्ने समेत उहाँको भनाई थियो ।


