“चौंथो पाख्रिबास कप फुटबल-२०८१” आजबाट सुरु

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा “चौंथो पाख्रिबास कप फुटबल” आजबाट सुरु हुंदैछ ।

प्रतियोगिताको लागि सम्पूर्ण तयारी भइसकेको आयोजक युथ युनाइटेडका अध्यक्ष गणेश गुरुंगले बताउनु भयो ।

प्रतियोगितामा जम्मा ८ टीमले सहभागिता जनाउदै छन् ।

आज उद्घाटनका दिनको खेल समुह क अन्तर्गत श्री जोरपाटी फुटबल क्लब धनकुटा र पथरी-११ मोरंगका बीच क समूह ख अन्तर्गतका आयोजक पाख्रिबास युथ युनाइटेड र प्रकाशपुर फुटबल क्लब सुनसरीका बीच खेल हुनेछ ।

त्यसैगरि कार्तिक ८ गते समूह क अन्तर्गतका अल स्टार क्लब धरान र ब्रदर युनाइटेड फुटबल क्लब सिक्किमका बीच र समूह ख अन्तर्गतका मुनल्याण्ड स्पोर्टिंग क्लब झापा र बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका बीच हुनेछ ।

कार्तिक ९ गते समूहगत चरणबाट छानिएर आउने ४ टीमको प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि प्रतियोगिताको अन्तिम खेल कार्तिक १० गते दिउंसो १ बजे हुने आयोजकले जनाएको छ ।

सबै खेलहरु श्री जालपादेबी माबि पाख्रिबासको खेल मैदानमा हुनेछन् ।

पाख्रिबास युथ युनाइटेडको आयोजना र पाख्रीबास नगरपालिकाको सह आयोजनामा हुने प्रतियोगिता आजबाट १० गते सम्म संचालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।