“चौंथो पाख्रिबास कप फुटबल-२०८१”को यसरी भयो उद्घाटन
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा भोलि देखि “चौंथो पाख्रिबास कप फुटबल” सुरु भएको छ ।
प्रतियोगिताको पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुंगले,उपप्रमुख नम्रता गौतम,नपाका प्रमुख प्रशासकिय अधिकृत पुरुषुत्तम ढकाल र अध्यक्ष गणेश गुरुंगले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।
पाख्रिबास युथ युनाइटेडका अध्यक्ष गणेश गुरुंगको अध्यक्षतामा संचालित उद्घाटन समारोहमा प्रमुख अतिथि नपाका प्रमुख गुरुंग,विशेष अतिथि नपाका उपप्रमुख गौतम साथै अतिथिहरुमा नपाका प्रमुख प्रशासकिय अधिकृत ढकाल,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,समाजसेवी,संघ-संस्थाका प्रतिनिधि,जिल्ला फुटबल संघ धनकुटाका उपाध्यक्ष उमेश गुरुंग लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा टिन्ज कृउ डान्स सेन्टर पाख्रिबासका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आयोजक क्लब युथ युनाइटेडका उपाध्यक्ष बिजय शेर्पाले स्वागत मन्तब्य राख्नु भएको थियो ।
प्रतियोगितामा जम्मा ८ टीमले प्रतिस्पर्धा गर्दैछन् । जस अन्तर्गत उद्घाटन खेल समुह “क “अन्तर्गतका श्री जोरपाटी फुटबल क्लब धनकुटा र पथरी-११ मोरंगका बीच र समूह “ख” अन्तर्गतका आयोजक पाख्रिबास युथ युनाइटेड र प्रकाशपुर फुटबल क्लब सुनसरीका बीच खेल हुनेछ ।








