“चौंथो पाख्रिबास कप फुटबल-२०८१” को पहिलो खेलमा इन्ट्रा पथरी-११ लाई हराउंदै श्री जोरपाटी एफसी धनकुटा सेमिफाइनलमा प्रबेश
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा “चौंथो पाख्रिबास कप फुटबल” सुरु भएको छ ।
प्रतियोगिताको पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुंगले,उपप्रमुख नम्रता गौतम,नपाका प्रमुख प्रशासकिय अधिकृत पुरुषुत्तम ढकाल र अध्यक्ष गणेश गुरुंगले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगितामा जम्मा ८ टीमले प्रतिस्पर्धा गर्दैछन् ।
आजको पहिलो खेल समुह “क “अन्तर्गतका श्री जोरपाटी फुटबल क्लब धनकुटा र इन्ट्रा पथरी-११ मोरंगका बीच सम्पन्न भएको छ ।
सम्पन्न श्री जोरपाटी एफसीले इन्ट्रा पथरी-११ मोरंगलाई पराजित ३-० गोलले पराजित गरेको छ । यो संगै श्री जोरपाटी एफसीले सेमिफाइनलको यात्रा तय गरेको छ ।
आजको दोस्रो खेल समूह “ख” अन्तर्गतका आयोजक पाख्रिबास युथ युनाइटेड र प्रकाशपुर फुटबल क्लब सुनसरीका बीच खेल हुनेछ ।
त्यसैगरि कार्तिक ८ गते समूह “क”अन्तर्गतका अल स्टार क्लब धरान र ब्रदर युनाइटेड फुटबल क्लब सिक्किमका बीच र समूह “ख “अन्तर्गतका मुनल्याण्ड स्पोर्टिंग क्लब झापा र बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका बीच हुनेछ ।
कार्तिक ९ गते समूहगत चरणबाट छानिएर आउने ४ टीमको प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि प्रतियोगिताको अन्तिम खेल कार्तिक १० गते दिउंसो १ बजे हुने आयोजकले जनाएको छ ।
पाख्रिबास युथ युनाइटेडको आयोजना र पाख्रीबास नगरपालिकाको सह आयोजनामा संचालन भइरहेको प्रतियोगिताको अन्तिम खेल कार्तिक १० गते हुनेछ ।


