“चौंथो पाख्रिबास कप फुटबल-२०८१”: प्रकाशपुर एफसी सुनसरीलाई हराउंदै आयोजक युथ युनाइटेड सेमिफाइनलमा प्रबेश
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा “चौंथो पाख्रिबास कप फुटबल” सुरु भएको छ ।
प्रतियोगिताको पाख्रिबास नगरपालिकाका नगर प्रमुख ज्ञान बहादुर गुरुंगले,उपप्रमुख नम्रता गौतम,नपाका प्रमुख प्रशासकिय अधिकृत पुरुषुत्तम ढकाल र अध्यक्ष गणेश गुरुंगले संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।
प्रतियोगितामा जम्मा ८ टीमले प्रतिस्पर्धा गर्दैछन् ।
आज सम्पन्न प्रतियोगिताको दोस्रो खेल समूह “ख” अन्तर्गतका आयोजक पाख्रिबास युथ युनाइटेड र प्रकाशपुर फुटबल क्लब सुनसरीका बीच भएको थियो । खेलमा आयोजक टीमले प्रकाशपुर एफसीलाई ०-३ गोल अन्तरले पराजित गरेको छ ।
यो संगै आयोजक युथ युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको छ ।
त्यसैगरि सम्पन्न आजको पहिलो खेल समुह “क “अन्तर्गतका श्री जोरपाटी एफसीले इन्ट्रा पथरी-११ मोरंगलाई पराजित ३-० गोलले पराजित गरेको छ । यो संगै श्री जोरपाटी एफसीले पनि सेमिफाइनलको यात्रा तय गरेको छ ।
भोलिको खेल समूह “क”अन्तर्गतका अल स्टार क्लब धरान र ब्रदर युनाइटेड फुटबल क्लब सिक्किमका बीच र समूह “ख “अन्तर्गतका मुनल्याण्ड स्पोर्टिंग क्लब झापा र बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका बीच हुनेछ ।
कार्तिक ९ गते समूहगत चरणबाट छानिएर आउने ४ टीमको प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि प्रतियोगिताको अन्तिम खेल कार्तिक १० गते दिउंसो १ बजे हुने आयोजकले जनाएको छ ।
पाख्रिबास युथ युनाइटेडको आयोजना र पाख्रीबास नगरपालिकाको सह आयोजनामा संचालन भइरहेको प्रतियोगिताको अन्तिम खेल कार्तिक १० गते हुनेछ ।


