धनकुटामा प्लास्टिकको फूल र माला बिक्रीमा प्रतिवन्ध
धनकुटा । नेपालीहरुको दोस्रो ठूलो तथा फूलहरुको पर्वको रुपमा रहेको तिहार नजिकिए संगै धनकुटा नगरपालिकामा प्लास्टिकको फूल र माला बिक्रीमा प्रतिवन्ध लगाइएको छ ।
तिहारको समयमा प्लास्टिकको फूल र माला प्रयोग गर्दा स्थानिय किसानले उत्पादन गरेको फुल बिक्रि नहुने भए पछि जिल्ला प्रशसान कार्यालय धनकुटामा बसेको सर्वपक्षिय भेलाले प्लास्टिकको फूल र माला बिक्रीमा रोक लगाने निर्णय गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलले जानकारी दिनु भयो ।
भेलाले प्लास्टिकको फूल र माला खरिद बिक्री नर्गन व्यावसायी तथा उपभोक्तालाई अनुरोध समेत गरेको छ । यता धनकुटा नगरपालिकाले पनि प्लास्टिकको फूल र माला बिक्री वितरण नगर्न सबैलाई अनुरोध गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईले जानकारी दिनु भयो ।


