“चौंथो पाख्रिबास कप फुटबल ” : ब्रदर युनाइटेड एफसी सिक्किमलाई पराजित गर्दै अल स्टार क्लब धरान सेमिफाइनलमा प्रबेश
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा हिजोबाट “चौंथो पाख्रिबास कप फुटबल” सुरु भएको छ ।
आज प्रतियोगिताको दोस्रो दिनको खेल समूह “क”अन्तर्गतका अल स्टार क्लब धरान र ब्रदर युनाइटेड फुटबल क्लब सिक्किमका बीच सम्पन्न खेलमा अल स्टार क्लब धरान बिजयी भएको छ ।
निर्धारित समयमा कुनै टोलीबाट गोल रहित बराबरीमा खेल सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले अल स्टार क्लब धरानले बिजय प्राप्त गरेको हो ।
यो जित संगै भोलि सेमिफाइनलमा अल स्टार क्लब धरानले श्री जोरपाटी एफसीको सामना गर्नेछ ।
त्यस्तै आजको दोस्रो खेल समूह “ख “अन्तर्गतका मुनल्याण्ड स्पोर्टिंग क्लब झापा र बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका बीच हुनेछ । बिजेता टीमले भोलि सेमिफाइनलमा आयोजक टीम युथ युनाइटेडको सामना गर्नेछ ।
प्रतियोगितामा जम्मा ८ टीमले सहभागिता जनाएका थिए ।
भोलि समूहगत चरणबाट छानिएर आउने ४ टीमले सेमिफाइनलमा प्रतिष्पर्धा गर्मेछन् भने उपाधिका लागि प्रतियोगिताको अन्तिम खेल कार्तिक १० हुनेछ ।


