“चौंथो पाख्रिबास कप फुटबल ” : मुनल्याण्ड स्पोर्टिंग क्लब झापालाई पराजित गर्दै बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंग सेमिफाइनलमा प्रबेश

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा हिजोबाट “चौंथो पाख्रिबास कप फुटबल” सुरु भएको छ ।

आज दोस्रो खेलमा समूह “ख “अन्तर्गतका मुनल्याण्ड स्पोर्टिंग क्लब झापा र बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका बीच खेल सम्पन्न भएको छ ।

खेलको निर्धारित समयमा कुनै पनि टीमबाट गोल हुन सकेन । खेललाई पेनाल्टी सुटआउटमा बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगले मुनल्याण्ड स्पोर्टिंग क्लब झापालाई ५-३ गोल अन्तरको जित हासिल गरेको छ ।

बिजेता बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगले भोलि सेमिफाइनलमा आयोजक टीम युथ युनाइटेडको सामना गर्नेछ ।

त्यस्तै आज भएको पहिलो खेल समूह “क”अन्तर्गतका अल स्टार क्लब धरान र ब्रदर युनाइटेड फुटबल क्लब सिक्किमका बीच सम्पन्न खेलमा अल स्टार क्लब धरान बिजयी भएको छ ।

निर्धारित समयमा कुनै टोलीबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले अल स्टार क्लब धरानले बिजय प्राप्त गरेको हो ।

यो जित संगै भोलि सेमिफाइनलमा अल स्टार क्लब धरानले श्री जोरपाटी एफसीको सामना गर्नेछ ।

प्रतियोगितामा जम्मा ८ टीमले सहभागिता जनाएका थिए । उपाधिका लागि प्रतियोगिताको अन्तिम खेल कार्तिक १० हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।