“चौंथो पाख्रिबास कप फुटबल ” : आज सेमिफाइनलका दुई खेल
धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा गत कार्तिक ७ गतेबाट सुरु भएको “चौंथो पाख्रिबास कप फुटबल” को आज तेस्रो दिन सेमिफाइनल अन्तर्गतका २ खेलहरु हुनेछन् ।
जस अन्तर्गत समूह “क” बाट सेमिफाइनलमा प्रबेश गरेका अल स्टार क्लब धरान र श्री जोरपाटी एफसीका बीच पहिलो खेल हुनेछ ।
त्यसैगरि समूह “ख” बाट सेमिफाइनलमा प्रबेश गरेका बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंग र आयोजक युथ युनाइडेटका बीच दोस्रो खेल हुनेछ ।
प्रतियोगितामा जम्मा ८ टीमले सहभागिता जनाएका थिए । उपाधिका लागि भोलि कार्तिक १० गते अन्तिम खेल हुनेछ ।
प्रतियोगितामा बिजेता टीमले नगद रु १ लाख नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र र उप बिजेता टीमले नगद रु ५० हजार सहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता पाख्रिबास युथ युनाइटेडको आयोजना र पाख्रिबास नगरपालिकाको सह-आयोजनामा संचालन भइरहेको हो ।


