“चौंथो पाख्रिबास कप फुटबल” : श्री जोरपाटी एफसी,धनकुटा फाइनलमा प्रबेश

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा गत कार्तिक ७ गतेबाट सुरु भएको “चौंथो पाख्रिबास कप फुटबल” को आज तेस्रो दिन सेमिफाइनल अन्तर्गतका २ खेलहरु भइरहेका छन्।

जस अन्तर्गत पहिलो खेल समूह “क” अन्तर्गतका अल स्टार क्लब धरान र श्री जोरपाटी एफसीका बीच सम्पन्न भएको छ ।

निर्धारित समय अवधिमा दुबै टीमबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउट लगिएको थियो ।

पेनाल्टी सुटआउटमा श्री जोरपाटी एफसी धनकुटाले ६-५ गोल अन्तरले अल स्टार क्लब धरानलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको छ ।

त्यसैगरि आजै समूह “ख” बाट सेमिफाइनलमा प्रबेश गरेका बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंग र आयोजक युथ युनाइडेटका बीच दोस्रो खेल हुनेछ ।

प्रतियोगितामा जम्मा ८ टीमले सहभागिता जनाएका थिए । उपाधिका लागि भोलि कार्तिक १० गते अन्तिम खेल हुनेछ ।

प्रतियोगितामा बिजेता टीमले नगद रु १ लाख नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र र उप बिजेता टीमले नगद रु ५० हजार सहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता पाख्रिबास युथ युनाइटेडको आयोजना र पाख्रिबास नगरपालिकाको सह-आयोजनामा संचालन भइरहेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।