सहिदभूमिमा ४१ जना जेष्ठ नागरिकलाई घर-घरमै पुगेर गरियो सिरक वितरण
धनकुटा । धनकुटाको सहिदभूमि गाउँ पालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सहिदभूमि गाउँपालिकाकाे वडा नं ३ का ४१ जना जेष्ठ नागरिककाे घरघरमा पुगी सिरक वितरण गरिएको छ ।
सहिदभूमि गाउँपालिकाले यो वर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत गाउँपालिकाले चाडवाड र आउदै गरेको हिउँदमा हुने जाडोलाई मध्ये नजर गरि फाइबरको सिरक वितरण कार्यक्रम दशै अगाडि देखि सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो । वडा नं ३ मा ७८ वर्ष देखि ८० वर्ष मुनिका जेष्ठ नागरिकहरुको घर घरमा पुगि फाइबर सिरक वितरण गरिएको वडा सदस्य सुरेन्द्र राईले जानकारी दिनुभयो ।
यस अघि पालिकाले ८० वर्ष देखि माथिका जेष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिसकेको पालिकाले जनाएको छ । उक्त सिरक वितरण गर्नका लागि वडा अध्यक्ष हाेम बहादुर राई ,वडा सदस्य सुरेन्द्र राईको टाेली घर घरमा पुगी जेष्ठ नागरिककाे अवस्था तथा हालखबर बुझ्दै एक / एक थान सिरक वितरण गरिएको हाे ।
वडा नं ६ र ४ मा सिरक वितरण कार्यक्रम सम्पन्न भईसकेको छ ।


