धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । धनकुटाका केही स्थानमा आज बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण केन्द्र अन्तर्गतको जितपुर फिडर अन्तर्गत पर्ने महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानहरुमा (जितपुर देखि लेगुवा रामबाजार सम्म र चानुवा डाडागाउँ एरिया) लाइनको वरिपरि रहेका रुख,हागा, बास तथा झाडी कटान (बुश कटिङ) गरिने भएकोले रामपुर,छुम्लिङ,लाटीभञ्ज्याङ् ,गुठमन्दिर ,सालघारी,मेलाङ्चुङ,ज्यामिरे बसपानी , रामबजार तथा चानुवा डाडागाउँ लागायत का क्षेत्रहरूमा बिहान ९ बजेदेखि बेलुका ५ बजे बिद्युत सेवा अबरुद्द हुने प्राधिकरणले जनाएको छ ।
उल्लेखित समय अगाबै काम सकिएमा उल्लेखित समय अगाडीनै लाइन सुचारु हुने समेत प्राधिकरणले सुचनामा उल्लेख गरेको छ ।


