“चौंथो पाख्रिबास कप फुटबल ” : उपाधिका लागि बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंग र छथर जोरपाटी एफसी धनकुटा आज भिड्दै

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रिबासमा गत कार्तिक ७ गतेबाट सुरु भएको “चौंथो पाख्रिबास कप फुटबल” आज सकिंदैछ ।

उपाधिका लागि आज बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंग र श्री जोरपाटी एफसी धनकुटाका बीच दिनको १ बजे हुनेछ । प्रतियोगितामा जम्मा ८ टीमले सहभागिता जनाएका थिए ।

प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न सेमिफाइनलको खेलहरुमा समूह “क” अन्तर्गतको पहिलो खेलमा श्री छथर जोरपाटी एफसी धनकुटाले अल स्टार क्लब धरानलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।

त्यसैगरि सम्पन्न सेमिफाइनलको दोस्रो खेलमा आयोजक टीम युथ युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंग फाइनलमा प्रबेश गरेको हो ।

प्रतियोगितामा बिजेता टीमले नगद रु १ लाख नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र र उप बिजेता टीमले नगद रु ५० हजार सहित ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता पाख्रिबास युथ युनाइटेडको आयोजना र पाख्रिबास नगरपालिकाको सह-आयोजनामा संचालन भइरहेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।