धनकुटामा लोप हुंदै लिङ्गे र रोटे पिङ

धनकुटा,१० कार्तिक । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका कर्ण बहादुर लिम्बुले केही बर्ष यता तिहारमा पिङ हाल्नका लागि लठारो बाट्नु परेको छैन् ।

त्यस्तै धनकुटा नगरपालिकाका राम बहादुर राईले पनि पिङ हाल्नकै लागी बाबियो काट्न जंगल जानु परेको छैन् । दसैं र तिहार भन्नेबित्तिकै सबैलाई पिङको सम्झना आउँछ तर पछिल्लो समय गाउँदेखि सहरसम्म पिङमा रमाउने मौलिक परम्परा हराउन थालेको छ ।

हरेक जसो तिहारमा यो समय पिङ बाट्ने र हाल्ने गाउँघरमा टोलै पिच्छे जस्तो हतारो र प्रतिष्पर्धा नै हुने गरेको थियो तर अहिले गाउँघरमा पिङ हाल्ने र खेल्ने परम्परा हराउँदै गएको छ त्यसैले गाउँका युवा भेला भएर पिङका लागि लठारो बाट्नु नपरेको कर्ण बहादुर लिम्बु सुनाउँछन् । लिम्बु भन्छन् बिशेष दशैमा भन्दा पनि तिहारमा पिङ हाल्ने र खेल्ने चलन गाउँमा घरमा धेरै थियो तर पछिल्लो समय यो परम्परा हराउँदै गएको छ ।

दशैँको लागे संगै टोल टोलमा रोटे र लिङ्गे पिङ तिहारसम्मै राखिन्थ्यो तर अहिले कही कही मात्र लिङ्गे पिङ देख्न सकिन्छ रोटे पिङ त लोप नै हुन लागेको धनकुटा नगरपालिका लोकेन्द्र लिम्बु बताउँछन् । घर घरमा टेलिभिजन हातहातमा मोवाइल जस्ता मनोरञ्जनका अन्य साधनहरू प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको लिम्बु बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।