धनकुटाका हाट बजारमा तिहारको चहलपहल सुरु
धनकुटा । धनकुटाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक र पाक्षिक बजारहरुमा तिहारको चहल पहल सुरु भएको छ ।
तिहार नजिकिएसँगै धनकुटाका साप्ताहिक, पाक्षिक बजारमा किनमेल गर्ने सर्वसाधारणको घुईचो लाग्न थालेको हो । पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा तिहारका लागी चाहिने सामग्री खरिदका गर्न तथा विक्रि गर्न व्यापारी र उपभोतmाको घुइचो लाग्न थालेको हो ।
तर महँगीले लक्ष्मी पुजा तथा भाइ टिकाका लागी चाहिने सामग्री छोइनसक्नु भएको उपभोक्ताको गुनासो छ । कपडा देखि लिएर फलफूल तथा भाइमसलामा समेत अत्याधिक मूल्य बढेको स्थानिय रुपा लिम्बुले बताइन् । बजारमा सबै उपभोग्य बस्तु पाइने भए पनि मुल्य भने छोइनस्क्नु भएको अर्का उपभोक्ता समिर थापाको भनाई छ ।
व्यावसायीहरुले भने मुल्य बढेर आएको कारण आफूहरुले समेत लागत मूल्यमा थोरै नाफा राखेर बेच्नु परेको बताउँछन् ।


