चौथो पाख्रिबास कपको उपाधि बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगलाई

धनकुटा, १० कात्तिक । चौथो पाख्रिबास कप फुटबल प्रतियोगिताको उपाधि बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगले हात पारेको छ ।

यही कात्तिक ७ गतेदेखि धनकुटाको पाख्रिबास ४ स्थित जालपादेवी माबिको खेल मैदानमा सञ्चालन भएको खेलमा ८ वटा टोलीको सहभागिता रहेको थियो । आज सम्पन्न भएको फाइनल खेलमा श्री छथर जोरपाटी फुटबल क्लब धनकुटा माथि २-१ को गोल अन्तरले जित हासिल गर्दै बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंग प्रतियोगिताको विजेता बनेको हो ।

प्रतियोगितामा श्री छथर जोरपाटी एफसी धनकुटाले खेलको पहिलो हाफमा १ गोलको अग्रता बनाएको थियो । खेलमा जर्सी नं ११ का मिक्सन दासले छथर जोरपाटीलाई अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका जर्सी नं १९ का निमस फुंयाल र जर्सी नं ११ का प्रबिण राईले १-१ गोल गर्दै आफ्नो टीमलाई बिजयी बनाए ।

विजेता र उपविजेता टोलीलाई क्रमशः रु १ लाख नगद,ट्रफी,मेडल,प्रमाणपत्र र ५० हजार नगद,ट्रफी,मेडल,प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा ब्यक्तिगत बिधा तर्फ म्यान अफ द म्याच छथर जोरपाटीका तपन कार्की,उदायमान खेलाडीमा पाख्रिबास युंथ युनाइटेडका करण गुरुंग,सर्वाधिक गोलकर्तामा छथर जेरपाटी एफसीका मिक्सान दास,उत्कृष्ट डिफेन्डरमा छथर जोरपाटी एफसीका शेखर खवास, उत्कृष्ट गोलकिपरमा बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका योगेश धिमाल,उत्कृष्ट कोचमा बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका साजन राई र म्यान अफ द सिरिजमा बिराटनगर स्पोर्ट्स एकेडेमी मोरंगका प्रबिण राईलाई पुरस्कृत गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।