धनकुटामा यसरी गरियो भिड नियन्त्रण,हुल तथा दंगा व्यवस्थापनको नमूना प्रदर्शन(फोटो फिचर)

धनकुटा, कार्तिक १२ गते । धनकुटामा भिड नियन्त्रण,हुल तथा दंगा व्यवस्थापनको नमूना प्रदर्शन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी बल नेपाल ६ नं मुख्यालय छिन्ताङ्ग, धनकुटाको संयुक्त आयोजनामा आज उक्त नमूना प्रदर्शन गरिएको हो । धनकुटा नगरपालिका वडा नं.५ स्थित टुडिखेलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल , विशिष्ट अतिथी जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्ग,भिमदल सल्लेरी व्यारेक धनकुटाका प्रमुख सेनानि गणेश थापा , जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको, सशस्त्र प्रहरी बल नेपाल ६ नं.गुल्म हे.क्वा छिन्ताङ्गका सशस्त्र प्रहरी नायब उपरीक्षक मदन नाथ , राष्ट्रिय अनुसन्धान कार्यालय धनकुटाका प्रमुख अनुसन्धान अधिकृत रुद्र गुर्वछान मगर , धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु,स्थानिय समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट छुट्टाछुट्टै भिड नियन्त्रण हुल तथा दंगा व्यवस्थापनमा प्रयोग हुने विभिन्न रचनाहरुको नमूना प्रदर्शन गरिएको थियो ।


-स्रोत :जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।