धनकुटामा कार्तिक २९ गतेबाट दोस्रो अन्तराष्ट्रिय आमन्त्रित भेट्रान फुटबल प्रतियोगिता हुने

नारायण कुमार राई/धनकुटा,१२ कार्तिक । धनकुटाको चौबिसे गाउँपालिकामा गत बर्ष देखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुनेभएको छ ।

आयोजक संस्था हाम्रो राजारानी भेट्रान राजारानी,धनकुटाले सोमबार पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको छ ।

स्वर्गीय ज्ञानबहादुर र बुद्धिमायाँ लिम्बूको स्मृतिमा चार दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल भारत र यू.के.स्थित भेट्रान फुटबल कल्व सहितको आठ ओटा भेट्रान फुबल टोलीको सभावेस रहने आयोजकले जानकारी दिएको छ ।

चौबिसे गाउँपालिकाको संरक्षण तथा गोरखा ब्रुअरीको मुख्य प्रायोजनमा सम्पन्न हुनलागेको उक्त प्रतियोगितामा ३२ लाख बराबरको अनुमानित खर्च हुने आयोजक संस्थाका अध्यक्ष बिजु राईले जानकारी दिनुभयो ।

४० बर्ष माथिका खेलाडी सहभागी रहने उक्त खेलमा बिजेता टोलीले नगद एक लाख २४ हजार २४ रुपैया र उप–बिजेताले ६४ हजार २४ रुपैया सहित ट्रफी,मेडल र प्रमाण–पत्र पाउनेछन् ।

पत्रकार सम्मेलनमा हाल थू.के.मा रहनुभएका पूर्व फुटवल खेलाडी तथा भूतपूर्व सैनिक स्थानीय लोकबहादुर चेम्जोङ्गले थू.के.स्थित बिभिन्न ब्यक्तिहरुबाट खेलका लागि संकलित दुई लाख पाँचहजार नगद रकम आयोजकलाई हस्तान्तण गर्नुभएको थियो ।

खेल संगै गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय स्तरमा उत्पादित खानाहरुको परिकार,बिभिन्न जातिय भेषभुषाहरुको फेसन–सो र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

जीवनको उत्तरार्धमा पनि खेलको माध्यमबाट स्वस्थ्य रहन सहयोग पु¥याउने यस प्रतियोगितामा आफ्नो संधै सहयोग रहने भन्दै पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले खेल सफलताको शुभकामना दिनुभएको थियो ।– –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।