पत्रकार महासंघ धनकुटाको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

धनकुटा,१४ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपालीहरुका चाडपर्वहरु तिहार, छठ, चासोक, वाडामीट लगायत विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक बर्ष काग तिहारको अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले चाडपर्वको शुभकामना आदान प्रदान गर्दै आएको छ ।

शुभकामना आदनप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कार्यबाहक अध्यक्ष विदुर खवासले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाको कल्याणकारी कोषमा धनकुटा नगरपालिका ४ निवासी नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व सदस्य राकेश राईले १ लाख १ हजार १ सय ११ रुपैयाँ गरेको सहयोग रकमको चेक उनका बुवा रमेश राईले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका कार्यबहाक अध्यक्ष विदुर खवास लाई हरुतान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश सभासदस्य निरन राई, इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङ्ग, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ्ग, धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला समन्वय समिती धनकुटाकी उपप्रमुख सावित्रा राई, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, राष्ट्रिय समाचार समितीका महाप्रवन्धब सिद्धराज राई लगायत पत्रकार महासंघ संग आबद्ध विभिन्न व्यक्ति, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी धनकुटा सबै सुरक्षा निकायका प्रमुख, अन्य सरकारी तथा गैर सरकारी संस्था बैंक लगायत विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीको समेत उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।