धनकुटाको च्याउ फर्ममा आगलागी
धनकुटा । धनकुटाको एक च्याउ फर्ममा आगलागी भएको छ ।
जिल्लाको धनकुटा नगरपालिका ६ स्थित पात्लेखोामा रहेको कमल राईको फर्ममा आगलागी भएको हो ।
आगलागी दिउंसो करिब ४ बजेबाट सुरु भएको र नपाको दमकल,सुरक्षाकर्मी र स्थानियवासीको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


