किरांत राई यायोक्खा धनकुटाले भवन निर्माण सहयोगार्थ देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने
सर्मिला राई,धनकुटा । किरात राई यायोक्खा (किराया) धनकुटाको भवन निर्माण सहयोगार्थ देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
किराया जिल्ला कार्य समिती धनकुटाको वुधबार बसेको बसेको बैठक तथा छलफलबाट त्यस्तो निर्णय गरिएको हो ।
किराया जिल्ला कार्य समिती र अन्य भातृसंघ संगठनहरु सँग भएको छलफल तथा बैठकबाट यो तिहारमा भोलिदेखि कार्तिक २४ गतेसम्म जिल्लाको विभिन्न स्थानमा पुगि देउसी भैलो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष उद्ववमणी राईले जानकारी दिनु भयो ।
भवन निर्माणका लागि अहिलेसम्म जग्गा खरिद,नक्शा पास,स्टिमेट तयार लगायतका काम भैसकेकाे उहाँले बताउनु भएको छ । आफ्नो भवन निर्माणका लागि किराया जिल्ला कार्य समितीले विभिन्न श्राेत मार्फत रकम जुटाएर करिब ५ लाखमा जग्गा खरिद गरिसकेको छ ।


