जिल्ला प्रशासन कार्यालय धनकुटाले विवरण अध्यावधिक नगर्दा प्रजिअमा पौडेलकै नाम र फोटो
धनकुटा,१५ कार्तिक । जिल्ला प्रशासन कार्यालय धनकुटाले विवरण अध्यावधिक नगर्दा केहि दिन अघि धनकुटाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलकै हाल सम्म कार्यालयको वेवसाइटमा नाम र फोटो कायम रहेको छ ।
कार्तिक ८ गते पौडेल गोरखा सरुवा हुनु भएको थियो भने धनकुटामा जिल्ला प्रशासन कार्यालय दोलखाबाट सरुवा भई टुवराज पोखरेल धनकुटा आई कार्यभार समेत लिइ सक्नु भएको छ ।



