थाम्सुहाङको ‘शब्दथुम’ लाई विमल गुुरुङ कृति पुरस्कार

सुनसपी ।कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ इलामका कवि निबन्धकार प्रकाश थाम्सुहाङको निवन्ध संग्रह ‘शब्दथुम’लाई प्रदान गर्ने घोषणा गरेको छ । विहीबार महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै विमल कृति पुरस्कार कवि निबन्धकार थाम्सुहाङको निवन्ध कृति ‘शव्दथुम’लाई प्रदान गर्ने घोषणा गरेको हो ।

पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङकाअनुसार विमल कृति पुरस्कारकालागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका १०२ पुस्तकहरु दर्ता भएका थिए । ती मध्ये यसअघि १० श्रेष्ठ पुस्तक छनौट गरिएको थियो । तिनै १० श्रेष्ठ मध्ये थाम्सुहाङको निवन्ध कृति ‘शब्दथुम’ लाई विमल कृति पुरस्कार प्रदान गर्न उचित भएको सिफारिस निर्णायक समितिबाट प्राप्त भएको अध्यक्ष गुरुङले बताए ।

निर्णायक समितिले शब्दथुम निबन्ध कृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृति भित्र रैथाने चेतदेखि बैश्कि चिन्तन र मिमांसा पाएको उल्लेख गरेको छ । थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समतामुलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गर्दै ‘शब्दथुम’ याक्थुङ मुन्धुम, हिन्दुको वेद, क्रिश्चियनको बाइबल, मुस्मिलकको कुरान र बौद्यको त्रिपिटकले भन्ने गरेको शब्दशक्तिलाई विस्वास गरेको कृति भएको ठहर गरेको छ ।

थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ भित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहीन रुपमा उतारिएको छ । र, तिनै रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निवन्धले गरेको छ । निबन्ध संग्रह भित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सिमान्तीकृत चेतलाई उजागर गर्दै शसक्त विचार प्रवाह पनि गरिएको छ । शब्दथुममा माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्चचकताले भर्दै आफ्नो समुदाय र परम्परामाथि शालिन विमर्श गरिएको छ ।

याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष र इलाम साहित्य समाजका समेत अध्यक्ष रहेका थाम्सुहाङले १७ बर्ष अघि ‘पालामको मुर्छन्ना’ कविता संग्रह निकालेका थिए । विमल कृति पुरस्कार कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३ औं जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद राशी दुइलाख रुपैया अर्पण गरिने समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले बताए ।

 

यसअघि विमल कृति पुरस्कार काङ्माङ नरेशको कविता संग्रह ‘तेप्लायु’, चन्द्र गुरुङको कविता संग्रह ‘जब एउटा मान्छे हराउँछ’ र दार्जिलिङ्का विजय बान्तावा कैलाशीको कृति ‘मित्याङ्सा’लाई प्रदान गरिएको थियो । विमल कृतिका पुरस्कारका लागि छनौटमा परेका १० कृतिहरुमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बांकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रविण खालिङको निवन्ध संग्रह चियागफ, मन्जुला तामङ सुव्वाको कविता संग्रह कुहिरो भित्र घुम जोरबङ्गलो रहेका थिए ।

यसैगरी पुस्तकालय समितिका उपाध्यक्ष मेन्याङ्बोकाअनुसार उक्त अवसरमा सुनसरीको तरहरा बसेर नेपाली साहित्यसँगै पत्रकारिता गर्दै आएका सिर्जनशील युवा विवेक विवश रेग्मीलाई यो वर्षको ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान’ प्रदान गरिने छ । उनका अनुसार उक्त अवसरमा सिक्किमका लेखक टीबी चन्द्र सुब्बा, १०३ बर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ, अर्का ज्येष्ठ नागरिक वीरेन गुरुङलाई पनि सम्मान गरिने छ । उनकाअनुसार सोही दिन उत्कृष्ट १० कविता मध्ये प्रथम, द्धितिय र तृतीय हुने कविहरुलाई पनि क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिने छ ।

उत्कृष्ट १० कविताहरुमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदिको किनारै किनार, मोरङका समिक्षा छिलिङ राईको फूल र म, इलामका दिपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रसान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैचाको अर्गानिक मुस्कान र सुनसरीका दिपा मग्रातीको देशमा मेरो अनुहार रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।