धनकुटामा ४ हजार ५ सय गाँजाका बोट तथा बेर्ना नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार कार्तिक २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ ,धनकुटाबाट खटिएको प्रहरी टोलिले जिल्ला धनकुटा शहिदभूमि गाउँपालिका वडा नं-२ र ३ का बिभिन्न स्थानबाट १६ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका ४,५०० गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ ।


