धनकुटामा यसरी मनाइयो छठ पर्व(फोटो फिचर)
धनकुटा,२२ कार्तिक । धनकुटामा पनि आज भव्य रूपमा छठ पर्व मनाइयो । सूर्यको आराधना गरेर मनाइने छठ पर्व पहाडी जिल्ला धनकुटामा पनि मनाइएको हो।
छठ पर्व अन्तर्गत बर्तालुहरूले आज अस्ताउँदो सूर्यलाई अर्ग दिएका छन्। धनकुटा सदरमुकाममा रहेका विभिन्न कुवाहरूमा बर्तालुहरूको भिड लागेको छ।
तराईका जिल्लाहरूमा मात्र मनाइने छठपर्व पछिल्लो समय पहाडी जिल्लाहरूमा समेत भव्य रुपमा मनाउन थालिएको हो ।






