आठपहरिया समुदायले मनाउने वाडाङमेट अर्थात मंसीरे चाड सुरु
धनकुटा । धनकुटा नगरपालिकामा मात्र मुख्य थातथलो भएका आठपहरिया समुदायले मनाउने मुख्य चाड उद्यौली अर्थात मंसीरे चाड सुरु भएको छ ।
मंसिरे चाड अर्थात् ’वाडाङमेट’ आठपहरिया समुदायको सबैभन्दा ठूलो चाड हो । यो चाडमा दुख वाट उक्सीने र घरको जेठो छोरो जन्मीएकोमा हर्क बढाइ गर्ने चलन छ । बर्ष भरी परिवार गुमाएका आफन्तको जुठोवाट उक्सने यो मात्र एक चाड हो । चाडको सुरुवातमा धनकुटावाट हिड्दै सुनसरीको बराहक्षेत्र पुगेर जुठो पखाल्ने चलन रहेको छ ।
स्थानिय कोकाहा खोलामा कपाल दारि खौरीएर नुहाएर बराह भगवानको दर्शन गर्ने प्रचलन छ । घर आएपछि दुखको कर्म फुकाउने र दुख अन्त्य गरि भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ साथै धनकुटा नगरपालिकाको श्रीपञ्चमी, ठूलोघर, लुङदाङ, सिप्तेन, चारिङ्मे, होम्बारक लगायत २१ थलोका आठपहरियाले तिथि हेरेर छुट्टाछुट्टै गुठीघरबाट माङ उठाउने गर्छन् ।
यो समयमा उनीहरु आ–आफ्नो गुठीघरमा भेला भएर मुन्धुम गाउँदै इष्टदेवसँग वरदान माग्ने समेत गर्छन् ।


