नेपाल मानव अधिकार संगठन धनकुटाको सभापतिमा थापा
धनकुटा,२५ कार्तिक । नेपाल मानव अधिकार संगठन धनकुटाको सभापतिमा राम बहादुर थापा चयन भएका छन ।
नेपाल मानव अधिकार संगठन केन्द्रिय उपाध्यक्ष कमलप्रसाद सुवेदीको प्रमुख आतिथ्य तथा कोशी प्रदेश सहसंयोजक जयबहादुर श्रेष्ठको उपस्थितीमा धनकुटामा भएको मानवअधिकारको भेला जिल्ला कार्य समिती सहित ७ सदस्य सल्लाकार समिती समेत गठन गरेको छ ।
समितीको उपसभापतिमा रमेश बहादुर दाहाल,सचिव दिनेश भण्डारी,कोषाध्यक्ष संगिता चापागाई चयन भएका छन । समितिको सदस्यहरुमा पदम भट्टराई, रामबहादुर कटुवाल, चिरञ्जीवी श्रेष्ठ, देवबहादुर खड्का र सुवास विक्रम भट्टराई चयन भएका छन ।
त्यस्तै सल्लाकार समितको संयोजकमा उद्धव कटुवाल, सदस्यहरुमा यज्ञप्रकास चापागाई, राजन पौडेल, विदुर खवास,गंगाराम ढुंगना,भोलाराज थापा र सन्तोष थापा चयन भएको नवनिर्वाचित समितिका सचिव दिनेश भण्डारीले जानकारी दिए । यो समितिले धनकुटामा रहेर मानव अधिकारको क्षेत्रमा काम गर्ने जनाईएको छ ।


