धनकुटाको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रेका गांजा प्रहरीले गर्यो नष्ट

धनकुटा । धनकुटाकाे विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रेका गाजा प्रहरी फाडेकाे छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार कार्तिक ८ देखि कार्तिक २३ गतेसम्म जिल्लाकाे शहिदभुमी र सागुरीगढी गाउपालिकाकाे विभिन्न वडाका विभिन्न ठाउँका गाजा फडानी गरेकाे हाे । जसअनुसार कार्तिक ८ गते ईलाका प्रहरी कार्यलय भेडेटारबाट प्र.ना.नि रमेश प्रधानकाे नेतृत्वमा खटिएकाे टाेलिले सागुरीगढी गाउपालिका ९ आहाले र थप्चुवामा प्राकृतिक रुपमा उम्रिएका करिब ७ हजार जागाकाे बाेट नष्ट गरेकाे छ ।

त्यस्तै सहिदभुमी गाउपालिका २ र ३ मा ईलनका प्रहरी कार्यलय छिन्ताङबाट प्रसनि जस बहादुर राईकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलिले १६ राेपनी जग्गा क्षेत्रफलकाे ४५०० गाजाकाे बाेट फाडेकाे छ । भने कार्तिक २२ गते ईलाका प्रहरी कार्यलय भेडेटारबाट खटिएकाे प्रहरी टाेलिले सागुरीगढी गाउपालिका ६ मनेक्तेनमा प्राकेतिक रुपमा उम्रेका १५ हजार गाजाकाे बाेट फाडेकाे छ ।

त्यस्तै कार्तिक २३ गते सागुरीगढी ७ उक्कावासमा पनि प्राकृतिक रुपमा उम्रेका १७ हजार ५ सय बाेट गाजा फाडेकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तैगरि कार्तिक २३ गते नै ईलाका प्रहरी कार्यलय छिन्ताङबाट प्रबनानि गजेन्द्र श्रेष्ठकाे नेतृत्वमा खटिएकाे टाेलिले सहिदभुमी गाउँपालिका ३,४,५ का विभिन्न स्थानमा उम्रेका ५ हजार ५ सय गाजाकाे बाेट नष्ट गरेकाे छ ।

भने साेहि मितीमा सहिदभुमी गाउपालिकाकै आखिसल्लामा प्रहरी चाैकी आखिसल्लाबाट प्रसनि दिपेश घिमिरेकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलिले पाखाबारीमा उम्रेका ५०० बाेट र ३,४,५ नं वडाकाे विभिन्न वडामा प्राकृतिक रुपमा उम्रेका ९०० बाेट गाजा प्रहरी चाैकी त्रिवेणीबाट प्रसनि राजेन्द्र राईकाे नेतृत्वका खटिएकाे टाेलिले फडानि गरेकाे प्रहरीले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।