धनकुटामा १३ हजार बढी गाँजाका बोट तथा बेर्ना नष्ट
धनकुटा । धनकुटामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा
उम्रेका गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय धनकुटा मातहतका इलाका प्रहरी कार्यालय भेडेटार,धनकुटाबाट खटिएको प्रहरी टोलिले जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं-७ र इलाका प्रहरी कार्यालय छिन्ताङ्ग,धनकुटा , प्रहरी चौकी आँखिसल्ला,धनकुटा, प्रहरी चौकी त्रिवेणी, धनकुटाले सहिदभूमि गाउँपालिका वडा नं.-१, ३ र ६ का बिभिन्न स्थानबाट ३२ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका १३,१०० गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


